कृष्णचन्द्र नेपाली मूख्यमन्त्री भएपछि जन्मस्थल तनहुँमा खुसीयाली

तनहुँ, ७ असार । नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मूख्यमन्त्री बनेपछि उहाँको जन्मस्थल तनहुँमा खुसीयाली छाएको छ । उहाँ तनहुँको व्यास नगरपालिका–११ राम्चेमा बुबा स्वर्गिय गोवद्र्धन शर्मा, आमा दौप्रदी शर्मा पोख्रेलको माईला सुपुत्रको रुपमा वि.२००६ साल मङ्सीर १३ गते जन्मनु भएको हो ।

बुबा प्रजातन्त्र पुर्नस्थापनाको आन्दोलनमा लागेकोले २०१८ सालमा तत्कालिन सरकारले सर्वश्वहरण गरेकोले कठिनपूर्ण अवस्थामा अध्ययन गरेको, अनुशासित र सङ्गठन गर्ने कुशल क्षमता भएकोले गण्डकी प्रदेशले विकासमा फड्को मार्ने विश्वास लिएको व्यास नगरपालिका–१ भादगाउँ स्थित जलदेवी माध्यामिक विद्यालयका पूर्वप्रधानाध्यापक विष्णुबहादुर अधिकारीले जानकारी दिनुभयो । पूर्व प्रधानाध्यापक अधिकारी मूख्यमन्त्री नेपालीको जन्मस्थल नजिकैको वासिन्दा हुनुहुन्छ । आफ्नै विद्यालयमा पठाएको शिक्षक गण्डकी प्रदेशको मूख्यमन्त्री लाग्दा औधी खुसी लागेको निर्मल माध्यामिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताउनुभयो । पारिवारिक वातावरण राजनीति भएको , लामो समय देखि राजनीतिमा होमिएको अनुभवि नेता भएकोले राष्ट्रलाई शिरमा राखी जनताको बेदना र पीडालाई उच्च प्राथमिकतामा राख्दै गण्डकी प्रदेशको सान र मानलाई उच्च राख्नु र झुक्न नदिई काम गर्ने विश्वास लागेको प्रध्यानाध्यापक बस्नेत बताउनुहुन्छ । नेपाल विद्यार्थी सङ्घ तनहुँका अध्यक्ष चुडामणी खनाल नेपाली गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नु भएपछि योग्य बुबाको योग्य पुत्र को पहिचान दिनु हुनेछ भन्ने विश्वास लागेको बताउनुभयो । ‘‘नेपाली काँग्रेसका सस्थापक नेता स्व. गोबर्धन पोख्रेलको जुन निष्ठा आदर्श थियो त्यो आदर्शलाई अझ उचो बनाउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु’’ अध्यक्ष खनालले भन्नुभयो ।

आफ्नो पार्टीले मात्र नभई अन्य पार्टीले समेत संविधानको रक्षा हुन्छ र कोरोनाको कहरले आक्रान्त भएका जनतालाई सन्जिवनी बुटि बन्न सफल बन्ने अपेक्षा गरेको खनालले बताउनुभयो । साथै खनालले सबै दल लाई समेटेर प्रतिपक्ष मा रहेकाले पनि कुनै प्रश्न खडा नगर्ने गरि कार्य गर्न सफल हुनुहुने अपेक्षा गरेको बताउनुभयो । आधा शताब्दी देखि प्रजातन्त्र प्राप्ती , पुर्नप्राप्ती र लोकतान्त्रिक गणतन्त्रको प्राप्तिको लागि समर्पित परिवारको सदस्यलाई यो अवसर प्राप्त भएकोमा साह्रै खुशी महसुस भएको नेपालीकै जन्मस्थल नजिकै घर भई हाल व्यास नगरपालिका–४ दमौली निवासी विनोद भट्टराईले बताउनुभयो ।
बुबा गोबद्र्धन राणा शासन र प्रजातन्त्र पुर्नस्थापनाको विरोधमा जहिल्यै क्रियाशील रहनु भएको थियो । उहाँको बुबा नेपाली काँग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत बन्नु भएको थियो । बुबासँगै राजनीतिमा लागेर तनहुँबाट नै मूख्यमन्त्री नेपालीले राजनैतिक यात्राको थालनी गर्नु भएपनि राजनीतिक मूख्य थलो नवलपरासीलाई बनाउनु भएको हो । वि.स. २०३९ सालमा मूख्यमन्त्री नेपाली तनहुँबाट बसाई सरेर नवलपुर जानु भएको थियो । सङ्घीयता कार्यान्वयनपछिको पहिलो चुनाव (२०७४) मा प्रदेश सभा सदस्यका लागि पूर्वी नवलपरासी १ (क) बाट उहाँ निर्वाचनमा होमिनु भएको थियो । एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी पोखरेल गण्डकी प्रदेश सभा सदस्य बन्न सफल हुनु भएको थियो ।
बाबु गोबद्र्धनको राजनीतिक पृष्ठभूमिको प्रभाव आमा द्रौपदा शर्मामा पनि परेकाले आमाबाट मूख्यमन्त्री नेपालीले मातृवात्सल्य मात्र नभइै राजनीतिक संस्कार समेत सिकेको स्थानीय वासिन्दा बताउँछन् । प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण पिता गोवद्र्धन निर्वासनमा बस्नु भएको थियो । नेपालीले पनि पिताकै साथमा भारतमा निर्वाासित जीवन बिताउनुको साथै अध्ययन कार्य अघि बढाउनु भएको थियो ।

शिक्षक देखि वकिल हुँदै मूख्यमन्त्री

नेपाली शिक्षक देखि वकिल हुँदै राजनीतिमा लागेर मूख्यमन्त्री बन्न सफल हुनु भएको हो । नेपाली लामो समय शिक्षण पेसामा समेत क्रियाशील रहनु भएको थियो । तनहुँमा नेपालीले लामै समय अध्यापन गर्नु भएको थियो । दमौली स्थित निर्मल माध्यामिक विद्यालयमा ६ वर्ष र केही समय माग्दे गाउँपालिकाको थर्पु स्थित मिन माध्यामिक विद्यालयमा पनि अध्यापन गर्नु भएको थियो । २०३६ सालको जनमतसङ्ग्रहमा बहुदलको प्रचारमा सक्रिय रहनु भएको थियो ।
जनमत सङ्ग्रहमा काँंग्रेसको पक्षमा लागेर हिँडेकै आरोपमा नेपालीलाई तत्कालीन सरकारले जुम्ला सरुवा गरिदिएपछि शिक्षण पेसा छाडेर पूर्णकालीन राजनीतिमा संलग्न हुनु भएको हो । विद्यार्थीकालदेखि नै राजनीतिमा लाग्नु भएका नेपाली २०२८ सालमा नेपाली काँग्रेस तनहुँको जिल्ला सदस्य बन्नु भएको थियो । प्रजातान्त्रिक आन्दोलनकै क्रममा ६ पटक जेल परेको जेठा दाजु संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले जानकारी दिनुभयो । २०३५ सालको विद्यार्थी आन्दोलनका क्रममा कास्की कारागारमा दुईपटक गरेर ५ महिना पर्नु भएको थियो । २०३७ सालको जनमतसंग्रहका क्रममा फेरि ८ महिना कास्की कारागारमै बिताउनु भएको थियो । २०३८ सालमा निर्वाचनकै क्रममा प्रहरीबाट यातना खेप्दै २ महिना जेलमा बस्नु परेको थियो । देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह घोषणा गरेको बेला नवलपुरबाट सत्याग्रहमा सक्रिय बन्नु भएको थियो । परासी–कपिलवस्तुमा गरेर १ वर्ष जेल जिवन वितेको उहाँले जानकारी दिनुभयो ।
२०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रही नेपाली नजरबन्दमा पर्नु भएको थियो । त्यसपछि ९ महिना पाल्पामा समेत जेल जीवन बिताउनु भएको थियो । भारतको दरभङ्गाबाट मानविकीमा स्नातक गरेका नेपालीले पछि नेपालकै त्रिभुवन विश्वविद्यालयबाट कानुनमा पनि स्नातक उत्तीर्ण गर्नु भएको छ । प्रारम्भिक शिक्षा स्थानीय धरमपानी स्थित इन्द्र– वदन मिडिल स्कुल (हाल अमरसिंह माध्यामिक विद्यालय) स्थानीय विद्यालयमै लिनु भएको जलदेवि माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक विष्णुबहादुर अधिकारीले बताउनुभयो । त्यसपछि नेपाली माध्यमिक शिक्षाका लागि भारत पुग्नु भएको थियो । माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा नेपालीले दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्कनु भएको थियो । कानुनमा पनि दख्खल राख्नुपर्छ भनेर उहाँले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गर्नु भएको थियो ।
कानुन व्यवसायमा आबद्ध भएको बेला जनपक्षीय कानुनी सेवामा सलग्न हुनु भएको थियो । प्रजातन्त्रको पक्षमा लागेकै कारण हिरासत र जेलमा परेका राजबन्दीको रिहाइका लागि नेपालीले वकालत गर्नु भएको थियो । २०४८ को अधिवेशनपछि मूख्यमन्त्री नेपाली निरन्तर ४ कार्यकाल १९ वर्ष काँग्रेस नवलपरासीको सभापति भई काम गर्नु भएको थियो । २०४८ सालको आमनिर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्नु भएको थियो । काँग्रेसको १२औं महाधिवेशनबाट पोख्रेल केन्द्रीय सदस्यमा निर्वाचित बन्नु भएको थियो । उञ्च राजनैतिक सस्कारयुक्त परिवारमा जन्मनु भएका नेपाली जेठा दाजु रामचन्द्र पोखरेल संविधानसभा सदस्य हुनहुन्छ । साविक जिल्ला विकास समिति तनहुँ पूर्व सभापति भइसकेका जेठा दाजु नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा लामै समय सचिवको जिम्मेवारी समेत पाउनु भएको थियो । साइँला भाइ डा. जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुनुहुन्छ । कान्छा भाइ डा. सुवाशचन्द्र अमेरिका बस्नुहुन्छ ।

अमरराज नहर्की÷तनहुँ समाचारदाता

Advertisment