आरम्भ चौतारीको प्रमुख कार्यकारीमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

काठमाडौँ, १६ असोज । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिले प्रमुख कार्यकारी अधिकृत पदमा लक्ष्मीप्रसाद शर्मालाई नियुक्त गरेको छ । सञ्चालक समितिका अध्यक्ष जगतबहादुर पोखरेलले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत शर्माले ग्रामिण विकासमा स्नातकोत्तर हासिल गर्नुभएको छ र बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यानुभव रहेको छ । कार्यक्रममा अध्यक्ष पोखरेलले शर्माको कार्यकालमा संस्थाले नया उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । नर्वतमान प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले संस्थाको वृद्घी विकासमा सदैव आफुले सहयोग गर्न तयार रहने बताउनुभयो । हाल संस्थाले सात प्रदेश ५२ जिल्ला १३७ वटा शाखा कार्यालय मार्फत ८७ हजार सदस्यलाई वित्तीय सेवा प्रदान गरेको छ । संस्थाले ४८ हजार क्रणी मार्फत रु चार अर्व ७८ करोड कर्जा लगानी र रु एक अर्व ३६ करोड निक्षेप संकलन गरेको छ ।

Advertisment