वसन्तको संगीत, किरण र मेलिनाको स्वरमा ‘एकै छिन’ सार्वजनिक 

काठमाडौँ । अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारले आफ्नो  अर्को बिल्कुलै नयाँ म्युजिक भिडियो ‘एकै छिन’ सार्वजनिक गरेका छन्।  गायिका मेलिना राई र गायक किरण गजमेरको स्वरमा समावेश यस गीतमा वरिष्ठ संगीतकार वसन्त सापकोटाको संगीत रहेको छ। गीतमा विषम आचार्यको  संगीत संयोजन रहेको छ। 
प्रभात पाल ठकुरी र कविता न्यौपाने अभिनित  यस भिडियोको छायांकन गोदावरीमा गरिएको हो।  श्याम तामाङ्गले छायांकन गरेको भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ। भिमा लोहार निर्मात्री रहेको  यस भिडियोलाई काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।
https://youtu.be/3CuVy5SeOqA

Advertisment