आदिकवि भानुभक्त क्याम्पसमा दशैँ-२०७८ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

दमौली, २० असोज । तनहुँको सदरमुकाम दमौलीस्थित व्यासनगरापालिका १ भादगाउँमा अवस्थित आदिकवि भानुभक्त क्याम्पसमा दशैँ-२०७८ को अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष व्रह्मदत्त तिमल्सेनाको अध्यक्षतामा वुधवार दिउसो क्याम्पसमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा समितिका अध्यक्ष तिमल्सेना, निवर्तमान अध्यक्ष रामचन्द वस्नेत, उपाध्यक्ष बुद्धिमान श्रेष्ठ लगायत सञ्चालक समितिका सदस्यहरु, क्याम्पस प्रमुख, सहायक क्याम्यस प्रमुख, विभागीय प्रमुख र प्राध्यापक एवं कर्मचारीहरुले पालैपालो शुभकामना ब्याक्त गर्नुभएको थियो । कामक्रममा क्याम्पस प्रमुख महा प्रसाद हड्खलेले क्याम्पसले २०७८ साउन देखि असोज सम्मको त्रिविको बढेको स्केल वमोजिमको तलव र दशै पेश्कि प्राध्यापक कर्मचारीको बैंक खातामा पठाइसकेको र असोज २१ देखि कार्तिक ३ गते सम्म क्याम्पसमा दशै विदा हुने जानकारी गराउनु भएको थियो।

Advertisment