वरिष्ठ अधिवक्ता विश्व घिमिरे कास्की क्षेत्र नं १ बाट काँग्रेसको महाविधेशन प्रतिनिधिमा लड्ने घोषणा

कास्की, २० असोज । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत कास्की क्षेत्र नं १ बाट वरिष्ठ अधिवक्ता विश्व घिमिरे केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवार लड्ने घोषणा गर्नुभएको छ । विगत २०५७ र २०६२ सालमा जिल्ला कार्यसमिति कास्कीका सदस्य रहनुभएका घिमिरे २०५३ मा पार्टीको पोखरा नगरसमितको सचिवको रुपमा स्थानीय जनताका विकास निर्माणका काममा पार्टीका तर्फबाट सक्रिय रहनुभएको थियो ।

विगतमा विशेषगरी वातावरण र फेवातालको संरक्षणका लागि कानुनी अधिकार स्थापित गर्न विशेष भूमिका निर्वाह गर्नुभएका घिमिरेले मोटरसाईकल पछाडि बस्न नपाउने भनी तत्कालिन स्थानीय प्रशासनले जारी गरेको आदेशलाई उल्टाउन परमादेशको आदेश मागसहित अदालत पुग्नुभएको थियो । २०५० सालमा पुनरावेदन अदालत वार एशोसियन एकाइ पोखराको अध्यक्ष रहनुभएका घिमिरेले २०४५ सालदेखि त्रिविको कानुन संकाय अन्र्तगत पृथ्वीनारायण क्याम्पस पोखरामा तीन दशक प्राध्यापन गर्नुभएको थियो ।

जनमत संग्रह ताका पार्टीको पोखरा १० वडा समितिमा सचिवको भूमिका सफलतासाथ निर्वाह गर्नुभएका घिमिरेले पछिल्लो समय आदर्श समाज दैनिक, समाधान दैनिक, कमाण्डर दैनिक लगायतका विभिन्न पत्रिकामा राजनीति र कानूनका विषयमा समसामयिक लेख लेख्ने गर्नुहुन्थ्यो । लोकतान्त्रिक पार्टीका रुपमा कांग्रेसलाई सबल र सक्षम बनाउँदै जनताको जनजीवीकाका सवाललाई व्यवहारमा रुपान्तरण गर्न र युग सुहाउँदै विकास निर्माणको युगिन अभिभारालाई पुरा गर्न पार्टीमा महाधविशेन प्रतिनिधिमा उम्मेदवारीको घोषणा गरेको घिमिरेले बताउनुभयो ।

Advertisment