छायांकनमा चलचित्र ‘सरौतो’

काठमाडौं । चलचित्र ‘सरौतो’ को बिहीबारबाट लोक लयको गीतको छायाँकन ललितपुरको सानेपामा भएको छ । गीतमा अभिनेत्री सुमी मोक्तान बेहुला र अभिनेता सन्नी सिंहलाई बेहुलीको रुपमा प्रस्तुत गरिएको थियो । गीत निर्देशक हरि हुमागाइँले छायाँकन गरिरहेका छन् ।

‘‘चुलो चौका’ बोलको गीतमा राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर छ भने शब्द र संगीत राजनकै रहेको छ । यो चलचित्रको कोरियोग्राफी निलिशा शाक्यले गरेकी छिन् ।

स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा बनिरहेको चलचित्रमा सहनिर्माताका रुपमा श्री महर्जन छन् । चलचित्रमा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक आदीको अभिनय छ । चलचित्रमा राघव कृष्ण गौतमको लेखन छ ।
उत्तम हुमागाईको छायांकन, शंकर महर्जनको एक्सन रहने यसमा राजनसँगै पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षेत्रीको संगीत रहनेछ ।

Advertisment