पहिलो पटक जिनियस म्यूजिक अवार्ड कार्यक्रम आयोजना

काठमाडौं । जिनियस म्यूजिक प्रालिले स्थापनाको दश वर्ष पूरा भएको अवसर पारेर पहिलो पटक जिनियस म्यूजिक अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ।

दशौं वार्षिकोत्सवको अवसरमा कम्पनीले नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरूलाई ‘जिनियस म्यूजिक अवार्ड–२०७५’ द्वारा सम्मान गर्न लागेको हो। कम्पनीले एक विज्ञप्ति जारी गर्दै उक्त अवार्डका लागि आवेदन फाराम खुला भएको जानकारी गराएको छ। अवार्डमा सहभागिता जनाउनका लागि कम्पनीको आधिकारिक वेबसाइट जीएमनेपाल डट कममा गएर अनलाइनमार्फत पनि देशैभरीबाट आवेदन फाराम भर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका प्रबन्ध निर्देशक रमेश पाठकका अनुसार २०७५ साल वैशाख १ गतेदेखि चैत मशान्तसम्म सार्वजनिक भएका नेपाली गीत–संगीतले यो अवार्डमा आवदेन दिन सक्ने छन्।

२०७६ साल जेठ ११ गते जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड वितरण गरिनेछ। पहिलोपटक आयोजना हुन लागेको यो अवार्डमा विभिन्न ४१ विधामा संगीतकर्मीहरूलाई पुरस्कृत गरिने छ। अवार्डमा सहभागिता जनाउनका लागि २०७६ साल वैशाख ६ गतेभित्र बुझाइएका फारामहरूलाई मात्र आधिकारिक मानिने आयोजकले जनाएको छ ।

Advertisment