शाहरुख पुत्री सुहानाको रोमान्स

शाहरुख खान पुत्री सुहाना बलिउडमा सधै नै चर्चामा रहिरहन्छिन् । कहिले समुन्द्री किनारमा टुपिस लगायर मस्ती गरिरहेकी हुन्छिन् भने कहिले प्रेमीसँगको रोमान्सले चर्चामा आउने गर्छिन् ।

सुहाना खुलेर प्रेम र रोमान्सको कुरा गर्ने भइसकेकी छिन् । शाहरुख गौरीकी यी ग्ल्यामरस छोरी सुहाना दक्षिण कोरियन पप सिंगर, अभिनेता, गीतकार एवं मोडल किम जुमसँग डेट गर्न चाहन्छिन् । सुहाना पनि कोरियाका युवतीहरु जस्तै किम जुन म्यानका डाइहार्ट फ्यान हुन् । सुहाना यतिबेला लन्डनमा अध्ययन गरिरहेकी छिन् ।

Advertisment