किड्स एण्ड टिन फेशन मोडल सम्पन्न

काठमाडौं । किड्स एण्ड टिन फेशन मोडल सम्पन्न भएको छ । काठमाडौंमा ड्रिम सर्च एजेन्सीले आयोजनामा गरेको किड्स एण्ड टिन फेशन मोडल सम्पन्न भएको हो । उक्त फेशन मोडल प्रतियोगितामा प्रि किड्स फेशन मोडल २०१९ यशाश्री महर्जन भएका छन् ।
त्यस्तै किड्स मेल फेशन मोडल २०१९ सहश्र प्रधान भए भने किड्स फिमेल मोडल २०१९ स्लेशा बिष्ट भए । यसैगरी प्रि टिन मेल फेशन मोडल २०१९ स्वागत मल्ल भए भने प्रि टिन फिमेल फेशन मोडल २०१९ बेवीशा भण्डारी भएका छन् ।
प्रतियोगितामा पाँचैजना विजेताहरुलाई ट्रफिसँँगै विभिन्न गिफ्टह्याम्पर र नगद प्रदान गरिएको थियो । विजेताले थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेस्टिवल २०१९ मा भाग लिन पाउने छन् ।
त्यस्तै क्रमश रनरअपहरुमा डी.एस.ए. मिनि किड्स सुपर मोडल २०१९ सान्वी शाक्य, डी.एस.ए. प्रि किड्स सुपर मोडल २०१९ निर्जला थापा, डी.एस.ए. किड्स सुपर मोडल २०१९ विनोना डंगोल, डी.एस.ए.किड्स फेशन सुपर मोडल २०१९ विदुर भण्डारी, डी.एस.ए. किड्स मेल सुपर मोडल २०१९ श्रीयन्श श्रेष्ठ, डी.एस.ए. किड्स फिमेल सुपर मोडल २०१९ अपेक्षा शेरचन, डी.एस.ए. प्रि टिन मेल सुपर मोडल २०१९ आरुष बस्नेत, डी.एस.ए. प्रि टिन फिमेल सुपर मोडल अंशिका अधिकारी भएका छन् ।
प्रतियोगिताका लागि मुख्य निर्णयक विश्व शारिरीक सुगठन विजेता महेश्वरमान महर्जन थिए भने अन्य निर्णयकहरुमा सोनिया गुरुङ, विनी बज्राचार्य, फडेन्द्र प्रसाई, ऋषिराम अधिकारी, अक्षयजंग रायमाझी रहेका थिए ।

Advertisment