महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

यहि महिनाको अन्तिममा हुन लागेको महिला साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ ।

महिला टोलीका मुख्य प्रशिक्षक हरी खड्काले आज साफका लागि २० सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । प्रारम्भिक छनोटमा बोलाईएका २३ खेलाडीले इटहरी, झापा र विराटनगरमा गरेको बन्द प्रशिक्षणमा गरेको प्रदर्शनको आधारमा २० खेलाडी सदस्यीय टोली छनोट भएका हुन् । आज सार्वजनिक गरेको टोलीमा पुर्व कप्तान अनु लामा, सुनिता चौधरी र विमला चौधरीले स्थान बनाउन सकेनन् । विराटनगरको सहिद रंगशालामा फागुन २८ गतेदेखी हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisment