ओलिभा र विपाशी महिला स्क्वाट च्याम्पियन

ओलिभा महर्जन र विपाशी तुलाधर नेपाल लाईफ चौथौ अन्तरक्लब महिला स्क्वाट प्रतियोगितामा च्याम्पियन बनेका छन् ।

स्क्वाट प्रतियोगिताका च्याम्पियन खेलाडिहरु

महिला दिवसको अवसरमा आयोजना भएको प्रतियोगिताको ६० केजी तौल समूह मुनि द फिजिक्स वर्कसप क्लबकी ओलिभाले १२५ केजी तौल उठाएर उपाधि जितेकी हुन् । यस्तै रेज फिटनेसकी अरुणा बस्नेतले ११५ केजी तौल उचाली दोस्रो र पोखराको रानीपौवा स्पोर्ट्सका ज्योति थापा १०० केजी तौल उचाली तेस्रो भएकी छिन् । ६० केजी तौल भन्दा माथि जिमखाना मुवा थाई क्लबकी विपाशीले १५० केजी तौल उचाली उपाधि जितिन् ।

त्यसैगरी द वर्कआउट स्टेसनकी उमा महर्जनले १४० केजी उठाएर दोस्रो र नेपाल व्यायाम मन्दिर क्लबका विद्या राई १४० केजी तौल उचालेर तेस्रो स्थान हासिल गरेकी छिन् । आइडिया सप मिडिया प्रालि र ज्यासमिन फिटनेस सेन्टरले आयोजना गरेको प्रतियोगितामा २२० सहभागी खेलाडीबाट ३१ प्रतिस्पर्धीहरु अन्तिम चरणमा पुगेका थिए ।

 

Advertisment