बक्सिङ खेलाडीलाई दीपकको सहयोग

एसियाली खेलकुदका पदक विजेता तथा बक्सिङ प्रशिक्षक दीपक मर्हजनले विभिन्न जिल्लाका खेलाडीहरुलाई खेल सामाग्री सहयोग गरेका छन् । आसन्न आठौं राष्ट्रिय खेलकुद छनोट अन्तर्गत कञ्चनपुरमा सम्पन्न प्रदेश ५ र कर्णाली प्रदेशको छनोटको समापन कार्यक्रममा दीपकले खेलाडीहरुलाई खेल सामाग्री वितरण गरेका हुन । दीपकले विभिन्न जिल्लाका खेलाडीहरुलाई १२ जोर बक्सिङ ग्लब्स र छनोट प्रतियोगिताका उत्कृष्ट खेलाडी कञ्चनपुरकी प्रतिभा शाहीलाई विभिन्न खेल सामाग्री हस्तान्तरण गरे । खेलाडीहरुको अवस्था कमजोर रहेको भन्दै उनीहरुको प्रशिक्षणमा सहयोग पु¥याउने उद्देश्यले सहयोग गरेको दीपकले बताए ।

Advertisment