नोभाक जोकोभिक तेस्रो चरणबाटै बाहिर

विश्व नम्बर एक नोभाक जोकोभिक तेस्रो चरणबाटै बाहिरिएका छन् । जर्मनीका फिलिप कोलस्राईबरसँग ६–४ र ६–४ को सेटमा पराजित हुँदै जोकोभिक प्रतियोगिताबाट बाहिरिएका हुन् । यि दुई बीचको खेल सोमबार हुने भनिएपनि वर्षाका कारण सारिएको थियो ।

जारी सिजन खेलेका ४ ग्राण्डस्लाम मध्ये ३ उपाधि जितेका ३१ वर्षीय सर्वियन खेलाडी जोकोभिक ३९ औं वरियताका फिलिपविरुद्ध कमजोर देखिए । अब चौंथो चरणमा फिलिपले १८ औं वरियताका गल मनफाइल्स्सँग खेल्नेछ ।

स्पेनिस राफायल नाडाल र स्विस खेलाडी रोजर फेडेरर इण्डियन वेल्स मास्टर्स टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् । क्यालिफोर्नियामा बुधबार भएको तेस्रो चरणमा दोस्रो वरियताका नाडालले डिएगो स्वार्टम्यानलाई र चौथो वरियताका फेडेररले स्टान वावरिन्कालाई हराएका हुन् ।

Advertisment