बार्सिलोना र म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लीगको क्वाटरफाइनलमा भिंड्ने

काठमाडाैं । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लीग फुटबलको क्वाटरफाइनलमा इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडसँग प्रतिस्पर्धा गर्ने भएको छ । युईएफएले शुक्रबार निकालेको क्वाटरफाइनल ड्र मा लियोनल मेस्सी रहेको बार्सिलोनाले पाउल पोग्बा रहेको युनाईटेड प्रतिद्वन्दी पाएको हो ।

यस्तै क्रिस्टियानो रोनाल्डोको टिम युभेन्ट्सले सहज प्रतिद्वन्दी नेदरल्याण्डको आयाक्स पाएको छ । इन्ग्लिश क्लब लिभरपुलले पनि तुलनात्मक सहज प्रतिद्वन्दी पोर्चुगिज क्लब पोर्टो पाएको छ ।

त्यस्तै क्वाटरफाइनलमा दुई इन्ग्लिश क्लब म्यानचेस्टर सिटी र टोटेनहमले प्रतिस्पर्धा गर्ने छन् । क्वाटरफाइनलको पहिलो लेग अप्रिल ९ र १० मा हुनेछ । यस्तै दोस्रो लेग १६ र १७ अप्रिलमा हुनेछ ।

Advertisment