मह सञ्चारको ‘‘दाल भात तरकारी’ (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘दाल भात तरकारी’ को गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको पहिलो गीत सार्वजनिक गरेको हो ।

शम्भुजित बाँस्कोटाको सङ्गीत, राजेशपायल राई र स्मिता दाहालको स्वर रहेको गीतमा चलचित्रका मुख्य कलाकार पुष्प खड्का, आँचल शर्मा, हरिवंश आचार्य र निरुता सिंह रहेका छन् ।

मह सञ्चारको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरेक व्यक्तिले दाल भात तरकारी खानका लागि गर्ने सङ्घर्षको कथाको बारेमा उल्लेख गरिएको निर्माणपक्षले बताएको छ । चलचित्रमा हरिवंश आचार्यको कथा, पटकथा र संवाद रहेको छ । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

Advertisment