अजितले दिलाए नेपाललाई ऐतिहासिक स्वर्ण

काठमाडाैं । नेपाली युवा एथ्लेट अजितकुमार यादवले हङकङमा जारी तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदक जितेका छन् ।

पुरुष ३ हजार किलोमिटर दौडमा भारतका अमित गान्जिर र यमनका गुमिल अल हमातीलाई पछि पार्दै अजितले स्वर्ण पदक जितेका हुन् । एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपालका लागि पहिलो स्वर्ण जित्ने क्रममा अजितले निर्धारित दूरी ८ मिनेट ३० दशमलव ३२ सेकेण्डमा पुरा गरेका थिए ।

यसअघि, ८ मिनेट ४४ सेकेन्ड दुरी पुरा गरेका अजितको यो स्पर्धामा आफ्नो व्यक्तिगत प्रदर्शनमा समेत सुधार गरे । स्पर्धामा दोस्रो भएको भारतका अमितले ८ मिनेट ३६ दशमलव ३४ सेकेण्ड र यमनका गुमिलले ८ मिनेट ३८ दशमलव ६० सेकेण्डमा दुरी पुरा गरे ।

Advertisment