चलचित्र ‘जात्रै जात्रा’ को ‘माया पिरिम’ सार्वजनिक (भिडियाे सहित)

काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ को पहिलो गीत ‘माया पिरिम’ सार्वजनिक भएको छ । करिश्मा मानन्धर, निश्चल बस्नेत, सारा सिर्पाली, विपिन कार्की, बर्षा राउत, दयाहाङ राईको अभिनय रहेको छ भने रविन्द्र सिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकारहरु फिर्चड रहेका छन् ।

गीतमा निशान भट्टराई र मनिषा पोखरेलको आवाज, लेखु सहयात्रीको शब्द, कृष्ण भारद्धाजको सङ्गीत र कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्र जात्रै जात्रामा प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा र कविन्द्र त्रिपाठीको पनि अभियन रहेको छ ।

जात्राको सफलतापछि सिक्वेलकोरुपमा निर्माण गरिएको यस चलचित्रमा जात्रा, शत्रु गते जस्ता सफल चलचित्र निर्देशन गरिसकेका प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।

Advertisment