सन्दीप लामिछाने पीएसएल ड्रिम टिममा

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग पीएसएलको ड्रिम टिममा पर्न सफल भएका छन् । पीएसएलको यो सिजन सकिएसँगै सार्वजनिक गरेको टिम अफ दि पीएसएलमा सन्दीप १२ औं खेलाडीका रुपमा रहन सफल भएका हुन्  पीएसएलमा गरेको प्रदर्शनको आधारमा छनोट समितिले एबी डी भिलियर्सको कप्तानीमा ड्रिम टिम सार्वजनिक गरेको हो ।

लाहोर क्वालेण्डर्सबाट पीएसएलमा डेब्यु गरेका सन्दीपले प्रतियोगितामा कुल ७ खेल खेल्दा ११ विकेट लिएका थिए । उनको इकोनोमि रनरेट ७ दशमलव ६६ रहेको छ । प्रतियोगितामा व्यक्तिगत राम्रो प्रदर्शन गरेपनि सन्दीपको टिम भने कुद १० खेल मध्ये ३ खेलमा मात्र जित हात पार्दै तालिकाको पुछारमा रहन पुग्यो ।

प्रतियोगिताको यस संस्करणको उपाधि भने क्वेटा ग्याडिएटर्सले जितेको छ । आइतबार राति भएको फाइनलमा पेशावर जाल्मीलाई ८ विकेटले हराउँदै क्वेटा ग्याडिएटर्सले उपाधि जितेको हो ।

Advertisment