एनसीएल विमन्स टि २० लिगका मार्की खेलाडी सार्वजनिक, विजेताले १० लाख रुपैयाँ पाउने

एनसीएल विमन्स टि २० लिगमा सहभागिता जनाउने टिम, टिम मालिक र मार्की खेलाडी घोषणा गरिएको छ । आयोजक एनसीएल स्पोर्टस प्रालीले सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिमका विषयमा जानकारी दिएको हो ।

जसमा विराटनगर रोअरिङ लायोनेस, भैरहवा क्विन्स, धनगढी वन्डर ओमेन र काठमाडौ सुपर च्याम्पियन टिम रहेका छन । भैरहवाको मार्की खेलाडी रूवीना क्षेत्री, विराटनगरका करुणा भण्डारी, धनगढीका सिता राना मगर र काठमाडौंको मार्की खेलाडी नेरी थापा रहेकी छिन् । प्रतियोगितामा सहभागी काठमाडौंकी मालिक नायिका रेखा थापा हुन् । विराटनगरका मालिक अनुप सक्सेना रहेका छन भने भैरहवा क्विन्सको मालिक अनिल भण्डारी र दीपक सुवेदी हुन् । त्यस्तै धनगढी वन्डर्स ओमेनको मालिकमा हरि खनाल छन् ।

सहभागिता टिमका लागि केहि दिनमा अक्सनबाट खेलाडी छनोट गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा दर्ता भएको खेलाडीलाई ए, बी र सी वर्गमा राखिएको छ । अक्सनमा ए ग्रेडमा रहेका खेलाडीको मुल्य न्युनतम ४० हजार र अधिकतम ७५ हजार, बी ग्रोडमा रहेका खेलाडीको मुल्य न्युनतम २५ र अधिकतम ५० हजार, सी ग्रेडका खेलाडीको मुख्य न्युनतम १५ र अधिकरतम २५ हजार रहेको छ । प्रतियोगितको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन ।

यसैबीच, प्रतियोगिताको पूर्व निर्धारित मिति सारिएको छ । यसअघि चैत्र १ गतेदेखि ९ गतेसम्म विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा गर्ने तय भएको प्रतियोगिता अब वैशाख ७ गतेदेखि १४ गतेसम्म हुने भएको छ ।

Advertisment