दाउफिन्सको रवाफ जारी, जित्यो माईभ्याली

काठमाडाैं । हिमालयन शेर्पा क्लबलाई हराउँदै क्यामरुनी क्लब दाउफिन्स फुटबल क्लबले पाँचौं माईभ्याली गोल्डकपको उपाधि जितेको छ । इलामको ठुलो टुँडिखेलमा आज भएको फाइनलमा हिमालयन शेर्पा क्लबलाई २–० गोल हराउदै दाउफिन्सले उपाधि जितेको हो ।

दाउफिन्सको जितमा ओवाना र पेटेङले गोल गरे । खेलको आठौं मिनेटमा यान्निकले गोल गर्दै दाउफिन्सलाई अग्रता दिलाए । खेलको १९ औं मिनेटमा पेटेङले हेड गोल गर्दै दाउफिन्सलाई २–० को अग्रता दिलाए । दोस्रो हाफमा पनि दुवै टोलीले पाएका केही अबसरहरु सदुपयो गर्न नसक्दा दाउफिन्स २–० जित्न सफल भयो ।

उपाधिसँगै दाउफिन्सले ७ लाख नगद पुरस्कार प्राप्त गर्दा उपविजेतो शेर्पाले ४ लाखमै चित्त बुझायो । मोफसलमा दाउफिन्स यसअघि ३ वटा गोल्डकपको उपाधि जितिसकेको छ । दाउफिन्स पोखरामा मनकामना कप, धरानमा बुढासुब्बा गोल्डकप र बुटवलमा तिलोत्तोमा गोल्डकप जितेको थियो ।

Advertisment