युथ क्रियसन नेपालले दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने

काठमाडौं । युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०१९ नामक सौन्दर्य प्रतियोगिता गर्ने भएको छ । मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै क्रियसनले दुई सौन्दर्य प्रतियोगिता एकसाथ आयोजना गर्न लागेको जानकारी गराएको हो ।

मोडलिङ क्षेत्र रोजेर भविष्य उज्वल बनाउने सोचमा रहेका युवा युवतीको मार्ग निर्देशन गर्दै मोडलिङका लागि प्रशिक्षण र ग्रुमिङ तयार हुने उचित बातावरण बनाउने उद्देश्य प्रतियोगिताको रहेको आयोजकले बताएको छ ।
कार्यक्रममा कोरियोग्राफर रोजिन शाक्यले अरु भन्दा यो सौन्दर्य प्रतियोगिता केही भिन्न रहेको दाबी गर्नुृहुन्छ । अन्तर्राष्ट्रिय कोरियोग्राफरको रुपमा समेत परिचित शाक्यले प्रतियोगिताका सहभागीलाई आफुले योग्य र सक्षम मोडल बन्न सक्ने प्रशिक्षण दिने बताउनु भयो ।

‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर’का लागि ८ चैत्रसम्म आवेदन दिइसक्नु पर्नेछ । पहिलो चरणको छनौट चैत्र ९ गते हुने र ‘मिष्टर एण्ड मिस बेष्ट मोडल एसईई’का लागि २२ चैत्रसम्म आवदेन दिन सकिनेछ । आवेदन १६ देखि ३० वर्षसम्मका जुनै समुदायका युवायुवतीले भर्न सक्नेछन् । पहिलो चरणको छनौट चैत्र २३ गते हुनेछ ।

आवेदन फर्म एवान क्याफे नयाँबजार, फुलवारी कम्प्लेक्स बौद्ध, क्लिफ क्याफे ललिटपुर महल, इलोक्ट्रनिक होल्ड कमल बिनायक, श्रीराम रेडियो टिभी पसल बनेपा, अर्किट ब्युटि पार्लर र आर्टिस नेपाल पुतली सडकमा उपलब्ध छ ।

Advertisment