नेपाल चलचित्र कलाकार संघमा लय संग्रौलाको उम्मेदवारी

काठमाडौं । नेपाल चलचित्र कलकार संघको यही चैत्र २३ गते हुने निर्वाचनका लागि कलाकार लय संग्रौलाले उमेद्वारी घोषणा गर्नुभएको छ । केही दिन पहिला फेस बुक स्टाटस मार्फत आफ्नो उमेद्वारी घोषणा गर्नुभएको संग्रौलाले प्रेस विज्ञप्ति मार्फत आधाकारिक रुपमा संघको अध्यक्ष पदका लागि उमेद्वारी घोषणा गर्नुभएको हो ।

संग्रौलाले उमेद्वारी घोषणा गरेसँगै अघिल्लो पटक भएको प्रतिस्पर्धामा स्वर्गीय रामकेशर बोगटीसँग अध्यक्ष पदमा पराजित भएको स्मरण गर्दै बोगटीले राम्रा काम गरेको र उहाँँले अघि सार्नुभएको राम्रा कामलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यस्तो छ प्रेस विज्ञप्तिको पूर्ण पाठ

आदरणीय कलाकार तथा पत्रकार वन्धुहरु, तीन वर्ष अघि म स्वर्गीय रामकेशर बोगटीसँग प्रतिस्पर्धामा अध्यक्ष पदमा पराजित भएको कुरा स्मरण गराउँदै मेरा केही कुराहरु राख्न चाहन्छु । स्व। रामकेशर जीलाई ८ महिना अघिनै एक भेटमा तपाईंले नेपाल चलचित्र कलकार संघका लागि राम्रो कार्ययोजना ल्याउँनु भएकाले तपाईंका कार्ययोजना पुरा गर्न अर्को कार्यकाल पनि पुनः अध्यक्षका बन्न आग्रह गरेको थिए । आफसोच उक्त खुसी साटा(साट गर्न नपाउँदै उहाँको असामयिक निधनले मलाई दुखित तुल्याएको छ । त्यसैले उहाँले थालेका कार्ययोजना साकार पार्ने उद्देश्यका साथ पुनः एकचोटी मैले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेको छु । मलाई कलाकारहरुले विजय गराउनु भयो भने म संघका लागि निम्न काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
१.  स्व. रामकेशर बोगटीले अघि सारेको संघको भवन निर्माण कार्य एक वर्ष भित्र पुरा गराई संघलाई भाडा नतिर्ने अवस्थामा पुर्याउने छु ।
२.  स्व. रामकेशरले अघि बढाएको कलाकार कल्याणकारी कोषलाई निरन्तरता दिँदै कोष वृद्धि मेरो मुख्य एजेण्डामा राखेको छु ।
३.  कलाकारहरुलाई एकताबद्ध बनाउँदै संघको गरिमा र कलाकारको व्यावसायिकता तर्फ संघले गर्नुपर्ने सबै कार्यका लागि म सदैब तत्पर रहनेछु ।
४.  कलाकार प्राविधिक तथा निर्माताहरुको लगानीलाई सुरक्षित पार्ने अभियानमा अग्रसर रहनेछु ।
५.  कलाकारहरुलाई विभाजित मानसिकताबाट मुक्त गराई विशुद्ध कलाकार संघ बनाउने मेरो कार्य योजना भित्र रहनेछ ।
६.  कलकार तथा प्राविधिकहरुको जीवन सुरक्षाका लागि जीवन बीमा योजनालाई सक्रियताका साथ लागु गर्नेछु ।
७.  कलकारहरुको हक हित, सुरक्षा, स्वास्थ्य र ज्येष्ठ कलाकारहरुको जीवन निर्वाहका लागि उचित योजना ल्याउने छु र योजना  कार्यन्वयन गर्न सक्रियतापूर्वक पहल गर्नेछु ।

आदरणीय कलाकार बन्धुहरु, म फुर्सद अवस्थामा रहेकोले मेरो पुरै समय संघमा लगाउने छु । तपाईंहरुको भरोशा र विश्वासको मत खेर जाने छैन् । कलाकार साथीहरु सपना बाडनेको पछि नलाग्न अनुरोध गर्दछु । एक पटकको अवसर, सदैव संघको भविष्य उज्वल । जय कलकार ।

Advertisment