उपाधि जिते २ लाख दिने सरकारको घोषणा

विराटनगरमा जारी पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न सफल नेपाली महिला टोलीलाई प्रदेश सरकारले नगद पुरस्कारको घोषणा गरेको छ ।

प्रदेश १ को आज बसेको मन्त्रिपरिषद बैठकले फाइनल पुग्न सफल टोलीका सदस्यहरुलाई जनही १ लाख नगद पुरस्कार दिने घोषणा गरेको हो । खेलाडीको अथक मेहनतले फाइनल पुगेको भन्दै प्रोत्साहन स्वरुप नगद पुरस्कार दिन लागेको प्रदेश सरकारद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै, फाइनलमा चिरपरिचित प्रतिद्धन्दी भारतलाई हराउँदै उपाधि जितेमा थप १ लाख पुरस्कार थप गर्ने बताईएको छ । नेपाल र चार पटकको साफ विजेता भारतबीच आज दिउँसो ३ बजे विराटनगरस्थित सहिद रंगशालामा उपाधिकालागि प्रतिस्पर्धा हुँदैछ ।

Advertisment