दीपेश र रशीलालाई ब्याडमिन्टनको उपाधि

काठमाडाैं । आयोजक क्लब एपिएफका दीपेश धामी र आर्मीकी रशिला महर्जनले १५ औं राष्ट्रब्यापी कृष्ण मोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी हात पारेका छन् ।

हलचोकस्थित एपिएफको कभर्डहलमा सम्पन्न खेलको पुरुष एकलमा दीपेशले सिल्क ग्रुपका प्रिन्स दाहलालाई २१-१२, १८-२१, २१-१४ ले पराजित गर्दै उपाधी हात पारेका हुन् । दीपेशले यो प्रतियोगितामा पुरुष एकल, युगल, मिश्रीत युगल तर्फ गरि तीन उपाधी हात पारेका थिए । जितसँगै उनले नगद ६० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

त्यस्तै, महिला एकलतर्फ अघिल्लो संस्करणकी उपविजेता सेनकी रशिला महर्जनले उपाधी उचालिन् । उनले आयोजक एपिएफकी जेशिका गुरुङ्गलाई २१-१४, १३-२१, २१-१८ ले पराजित गर्दै उपाधी उचालेकी हुन् । महर्जनले नगद ५० हजार सहित ट्रफी प्राप्त गरिन् ।

यस्तै पुरुष युगल गत संस्करणका उपविजेता एपिएफका दिपेश धामी र विजीत थापा मगरले ट्रफी उचाले । धामी र मगरको जोडीले सेनाका प्रफुल महर्जन र सुरोज महर्जनको जोडीमाथि २१-१६, २१-४ को सहज जित निकाले । महिला युगल तर्फ एपिएफकी पुजा श्रेष्ठले आफ्नो साख जोगाईन् । उनले जेशिका गुरुङ्गसँग मिलेर महिला एकलकी विजेता सेनाकी रशीला महर्जन र अनुमाया राईको जोडीलाई पाखा लगाइन् । श्रेष्ठ र गुरुङ्गको जोडीले महर्जन र राईको जोडीलाई २१-१०, २१-१९ को सोझो सेटमा पराजित गरे ।

कुल ७ लाख १० हजार पुरस्कार राशी रहेको प्रतियोगितामा पुरुष एकल र युगलका शीर्ष दुईले नगद ६० र ३० हजार तथा तेश्रो स्थानका दुईले नगद २५ हजार प्राप्त गरे । यस्तै पुरुष एकल तर्फ क्वाटरफाईनल पुग्ने ४ खेलाडीले प्रत्येकले नगद ५ हजार प्राप्त गरे । महिला एकल तर्फ शीर्ष दुईले नगद ५० हजार र २५ हजार तथा तेश्रो हुनेले नगद १२ हजार ५ सय प्राप्त गरे । महिला युगल तर्फ प्रथम हुने जोडीले नगद ४० हजार, दोश्रो जोडीले नगद २५ हजार र तेश्रो जोडीले नगद १० हजार प्राप्त गरे ।

Advertisment