आईपिएलमा सन्दीपको उत्कृष्ट पुनरागमन

इण्डियन प्रिमियर लिग आईपिएलमा दिल्ली क्यापिटल्सको तेस्रो खेलमा मौका पाएका सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका छन् । दिल्ली क्यापिटल्सबाट आईपिएलमा सहभागी भएका सन्दीपले पहिलो २ खेलमा अन्तिम एघारमा स्थान नपाउँदा निराश बनेका उनका समर्थकलाई आफ्नो पहिलो खेलमा गतिलो प्रदर्शन गर्दै खुसी बनाए ।

कोलकाता नाइट राईडर्स बिरुद्ध घरेलु मैदान फिरोजशाह कोटलामा टस जितेको दिल्लीले पहिले बलिङ गर्यो । जहाँ सन्दिपले ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर १ विकेट लिए ।

खेलको दोश्रो ओभरमा बलिङ गरेका सन्दिपले उत्कृष्ट सुरुवात गर्ने क्रममा मात्र १ रन खर्चिए । इनिंगको चौथो ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दिपले ६ रन खर्चेर १ विकेट हात पारे । ओभरको चौंथो बलमा निखिल नैक सन्दीपको शिकार बने । आफ्नो तेस्रो ओभरमा सन्दिपले पहिलो बलमा शुभमन गिल रन आउट गरे । १२ औं ओभरमा स्पेलको अन्तिम ओभर गर्न आएका सन्दिपका लागि महंगो साबित भयो । ओभरको पहिलो २ बल डट फालेका सन्दिपले गरेको तेश्रो बलमा दिनेश कार्तिकले चौका प्रहार गरे । त्यसपछि चौथो बलमा १ रन लिएर आन्द्रे रसेललाई पालो दिए । रसेलले सन्दिपले गरेको पाँचौ गुग्ली बललाई डिप मिडविकेट माथि छक्का प्रहार गरे भने दोश्रो बललाई सन्दिपको टाउको माथिबाट छक्का प्रहार गरे ।

यससँगै गत सिजन ३ खेलमा सन्दिपले ५ विकेट लिएका सन्दीपले आईपिएलमा ४ खेलबाट ६ विकेट लिएका छन् ।

Advertisment