महिला फुटबल टोली म्यानमार प्रस्थान

अर्को वर्ष जापानमा हुने ओलम्पिक छनोटको दोस्रो चरण खेल्न नेपालको राष्ट्रिय महिला फुटबल टोली आज म्यानमार गएको छ ।म्यानमारमा यहि २० देखी २६ गतेसम्म हुने दोस्रो चरणको छनोट खेल खेल्न निरु थापाको कप्तानीमा नेपाली टोली आज दिउँसो त्यसतर्फ प्रस्थान गरेको हो ।

दोस्रो चरणको छनोटमा नेपाल तुलनात्मक रुपमा कठिन समुहमा परेको छ । नेपाल रहेको समुह बी मा आयोजक म्यानमार सहित भारत र इन्डोनेशिया रहेका छन् । नेपालले पहिलो खेलमा घरेलु टोली म्यानमारसँग २० गते खेल्नेछ । त्यस्तै, २३ गते हुने दोस्रो खेलमा भारतसँग र २६ गते हुने अन्तिम खेलमा इन्डोनेशियासँग प्रतिस्पर्धा गर्नेछ । समुहको शीर्ष स्थानमा रहने टोली अघिल्लो चरण प्रवेश गर्नेछ ।

छनोट अन्तर्गत पहिलो चरणको खेलमा भारत र आयोजक म्यानमारसँग समान १–१ गोलको बराबरी खेल्दै नेपालले दोस्रो चरणमा स्थान बनाएको थियो । प्रतियोगिताको लागि नेपालले मात्र ४ दिनको तयारी गरेको थियो । त्यसैले पनि यस प्रतियोगिता नेपालका लागि कठिन हुनेछ । तर हालै सम्पन्न महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपालका लागि यो प्रतियोगिता राम्रो एक्पोजरका रुपमा रहने प्रशिक्षक हरी खड्काले बताए ।

खेलाडी, प्रशिक्षक, व्यवस्थापक सहित २४ सदस्यिय टोलीलाई आजै अखिल नेपाल फुटबल संघले एन्फाले बिदाई गरेको थियो ।

Match schedule_group A

Advertisment