चलचित्र आरुसीको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘आरुसी’को गीत सार्वजनिक गरिएको छ । ओएसआर युट्युव च्यानलमार्फत चलचित्रको अफिसियल गीत सार्वजनिक गरिएको हो ।

‘मरे भने मरेको पल’ बोलको गीतमा डेव्यु नायक इशक राई र नायिका कला राईको अभिनय रहेको छ । यो गीतमा दीपक लिम्बु र अन्नु चौधरीको आवाज छ ।

दिनेश राउतको शब्दमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ भने कोरियोग्राफी दीनेश पाख्रिनले गरेका छन् । विक्रम डिसीको छायांकनमा रहेको चलचित्रलाई सुजन बडालको सम्पादन रहेको छ ।

गणपति फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रलाई उदय सुब्बाले निर्देशन गरेका हुन् । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको चलचित्रलाई साहारा प्रधान, केशवकुमार श्रेष्ठ र विरु गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

चलचित्रमा इशक र कलाको अलवा रमा लिम्बु, सुनिल थापा, सुरविर पन्डित, दमन रुपाखेती, विरु गुरुङ, भूपेन्द्र लिङ्देनलगायतका कलाकारको अभिनय रहेको छ ।

Advertisment