एनसीएल अक्सनः राष्ट्रिय खेलाडीको दबदबा

नेपालको पहिलो फ्रेन्चाईज महिला क्रिकेट लिग एनसीएल वुमन्स टी–ट्वेन्टीमा अक्सन मार्फत खेलाडी छनौट गरिएको छ । चार वटा टिम सम्मीलित लिगमा आज चार वटै टिमका टिम मालिक तथा मार्की खेलाडी र प्रशिक्षकले खेलाडी छनौट गरे । ८० जना खेलाडिलाई अक्सनमा राखिएकोमा चार टिमले १३ जनाका दरले ५२ जना खेलाडि किने ।

वैशाखमा विराटनगरमा हुने प्रतियोगिताका लागि पहिलो पल्ट महिला क्रिकेटरको अक्सन भयो । र,  राष्ट्रिय टिम अर्थात नाम चलेका खेलाडि पहिलो रोजाईमा परे । १७ जना राष्ट्रिय टिमका खेलाडी मध्ये १० जना सर्वाधिक मुल्य ७५ हजार रुपैयाँमा बिके । एक टिमले कुल ६ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने नियम अनुसार अक्सनबाट सोनु खड्का, विन्दु रावल र इन्दु बर्मालाई जनही ७५ हजारमा भैरहवाले किन्यो ।

सरिता मगर, रोमा थापा र ममता चौधरीलाई ७५ हजार रुपैयाँमै काठमाडौंको रोजाईमा परे । काजल श्रेष्ठ रअप्सरी बेगमलाई विराटनगरले अधिकतम ७५ हजार रुपैयाँमा अनुबन्ध गर्यो । दुवैमाथि तीन टिमले बोली लगाएका थिए, तर लक्की ड्रमा विराटनगर भाग्यमानी सावित भयो ।  कविता कुवँर र ज्योति पाण्डेलाई अधिकतम ७५ हजारमा धनगढीले किन्यो । काठमाण्डौले सर्वाधिक ५ लाख ७० र न्यूनतम धनगढीले ५ लाख पाँच हजार खर्च गर्यो ।

ए, बी र सी गरी तीन श्रेणीमा खेलाडिको विभाजन गरिएको थियो । र,ए श्रेणीका खेलाडी न्यूनतम ४० देखि अधिकतम ७५ हजार रुपैयाँसम्ममा बिके । बीका २५ देखि ५० हजार र सीका खेलाडीको १५ देखि २५ हजार रुपैयाँ मूल्य तोकिएको थियो । नाम नचलेका खेलाडीलाई पनि टिममा भित्राउन टिमहरुबिच प्रतिस्पर्धा चल्यो । बिराटनगरले सी श्रेणीकी कृतिका मरासीनीलाई २५ हजार खर्चियो । उनीमाथी अरु टिमले पनि बोली लगाएका थिए । त्यस्तै सी श्रेणीकी रुवी पोद्दारलाई धनगढीले सर्वाधिक २५ हजार खर्चियो । बी श्रेणीबाट रेखा रावल, सुमन बिष्ट, कविता जोशी र रेवती धामी, सुमन खतिवडा, अन्जली चन्दलाई सर्वाधिक ५० हजारको बोली लाग्यो ।

अक्सनमा केही नाम चलेका राष्ट्रिय खेलाडीमा बोली लागेन । विश्वकप छनौटको क्षेत्रीय छनौटमा राम्रो प्रदर्शन गरेकी आरती बिँडारी र महिला राष्टिय टोलीकी पूर्व उपकप्तान ममता थापालाई कुनै टिमको बोली लागेन । उनीहरुलाई अनसोल्ड क्याटगोरीबाट धनगढी र भैरहवा किने।  भैरहवाको रुबिना क्षेत्री, धनगढीको सीता रानामगर, काठमाण्डौको नेरी थापा र विराटनगरको करुणा भण्डारीले कप्तानी सम्हालेका छन ।

Advertisment