डीआर अटुको ‘पोखराको बजारै राम्रो’ गीत सार्वजनिक

काठमाडौं । संगीतकार डीआर अटुको ‘पोखराको बजारै राम्रो’ बोलको गीत सार्वजनिक भएको छ । १२ वर्ष अगाडी रेकर्ड गरिएको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

पूर्वेली लोक गीतहरु गुडी जाने रेल, चौबन्दी चोलीमा, दिक्तेल बजार, झुम्के माया, दिक्तेल बजार २, माली गाईको दही मीठोलगायतका गीत बजारमा ल्याएर चर्चा कमाइसकेका छन् ।

‘पोखराको बजारै राम्रो’ बोलको गीतमा पूर्वेली गायक रुपकुमार राईको आवाज रहेको छ ।

नेपाली संगीतको क्षेत्रमा लाग्दै गर्दाको समयमा तयार पारिएको भिडियोलाई पुनः दर्शक तथा स्रोतामा ल्याएको डीआर बताउँछन् । अटुको शब्द र सङ्गीत रहेको गीतमा नेपाली जन जिविकाका पीडालाई समेटिएको छ ।

Advertisment