कार्यान्वयन नहुने योजना नबनाउ : गच्छदार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कार्यान्वयन गर्न नसक्ने किसिमको योजना नबनाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय विकास परिषद्को बैठकमा उपसभापति गच्छदारले यसअघिका कार्यक्रमहरु कार्यान्वन नै नभएको पाईएको भन्दै सरकारले कार्यक्रम बनाउने तर बजेट बिनियोजन गर्ने खर्च नगर्ने स्थिति रहेको बताउनु भयो । उहाँले अहिले बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन अर्ब रुपैयाँ छुट्टाइकोे तर अहिलेसम्म खर्च हुन नसकेको उदाहरण दिनुभयो । राष्ट्रिय योजना आयोगले बनाएको पहिलो योजना कार्यान्वयनदेखि नै योजना कार्यान्वयनमा समस्या देखिएको बताउँदै गच्छदारले जनशक्ति विकासमा ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले बिपीले लिएका कतिपय नीति अहिले पनि सान्दर्भिक रहेको भन्दै पच्छ्याउ आग्रह गर्नुभयो ।

Advertisment