नेपाल दक्षिण एशियाको ‘राइजीङ स्टार’ हुने : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपालले विकास र वातावरणलाई सँगसँगै अघि बढाउदै व्यवसाय विस्तार गर्न चाहेको बताउनुभएको छ ।

साउथ एशियन फेडेरेशन अफ अकाउन्टेन्टस् (साफा) को अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले नेपाललाई फोहोरी उद्योगहरुको डम्पिङ साइट बनाउन नचाहेको समेत बताउनुभयो । असल व्यवसायिक वातावरण बनाउन लेखापरीक्षकको महत्वपूर्ण भूमिका हुने भन्दै मन्त्री खतिवडाले उच्च मनोबलका साथ काम गर्न उपस्थित दक्षिण एशिया क्षेत्रकै लेखापारीक्षकहरूलाई आग्रह गर्नुभयो । खतिवडाले आउँदो दशकमा दक्षिण एशिया विश्वकै लगानीको केन्द्र हुने र नेपाल दक्षिण एशियाको ‘राइजीङ स्टार’ हुने जिकिर गर्नुभयो । निजी लगानीको सुरक्षाको सुनिश्चितताले भौतिक र बौद्धिक दुबै लगानी भित्रने दाबी गर्दै उहाँले त्यसका लागि नीतिहरु सबै स्पष्ट हुनुपर्ने र सरकारले यसका लागी काम गरिरहको धारणा पनि राख्नुभयो ।

Advertisment