‘ए मेरो हजुर ३’ को गीत सार्वजनिक (भिडियाे)

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ३’ चैत्र २९ गतेदेखि देशभरका सिनेमाघरमा लाग्दैछ । यो चलचित्रको ‘चिट डे’ को तेस्रो गीत सार्वजनिक भएको छ ।

गीतमा प्रविशा अधिकारीको स्वर, प्रतिक पौडेलेको शब्द तथा सङ्गीत रहेको छ । भिडियोको कोरियोग्राफी राहुल शाहले गरेका छन् । गीतमा नायिका सुहाना थापाको अभिनय रहेको छ ।

झरना थापाको निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर ३’ मा सुहाना र अनमोल केसीको जोडी रहेको छ । चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन ।

Advertisment