१६ प्रतियोगीले सांस्कृतिक परेड प्रस्तुत

काडमाडाैं । ‘लिटिल मिस हेरिटेज नेपाल २०१९’का १६ प्रतियोगीले सांस्कृतिक परेड प्रस्तुत गरेका छन् । उनीहरुले विभिन्न जातजातिका भेषभुषामा सजिएर बसन्तपुर डवलीमा सांस्कृतिक परेड गरेका हुन् ।

देशको कलासंस्कृति र भेषभुषा आन्तरिक तथा बाह्य पर्यटकलाई अवलोक गराउँदै सम्पदाको जगेर्ना गर्न सन्देश फैल्याउने उद्देश्यले सांस्कृतिक परेडको आयोजना गरेको आयोजकले जनाएको छ ।

सो अवसरमा प्रतियोगीले सम्पदा जोगाउन सन्देश दिने प्लेकार्ड समेत बोकेका थिए । ‘लिटिल मिस हेरिटेज २०१८’ का जुनियर तथा सिनियर बिजेता प्रशासा रायमाझी, सारिका प्रजापतीले परेको संयोजना गरेका थिए ।

‘परिवर्तनका लागि जेनिथ भन्ने मुल नाराका साथ कलिला मस्तिष्कहरुमा सकरात्मक बिकाश गराई उनीहरुको ब्याक्तित्व बिकाश र आत्मबिस्वास अभिबृद्धी गर्दै मिडिया, समाज र मुलुकका लागि कुशल नेतृत्वदायी ब्यक्तित्व उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको जेनिथ ईन्टरटेनमेन्टका कार्यकारी निर्देशक प्रमोद केसीले बताए ।

Advertisment