‘मिस नेशनल आइकन–२०१९’ को ताज देवी मगरलाई

काठमाडौं । ‘मिस नेशनल आइकन–२०१९’ को उपाधि म्याग्दीकी २२ वर्षीया देवी मगरले जितेकी छिन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा १२ प्रतिस्पर्धीलाई पछि पादै मगरले यस वर्षको ‘मिस नेशनल आइकन’को उपाधि हासिल गरेकी हुन् । ब्राइट इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको यो प्रतियोगितामा दोस्रो संस्करण फस्ट रनरअप मञ्जना राई र सेकेण्ड रनरअप समृद्धि कार्की भए ।

त्यस्तै प्रतियोगितामा मुना राई थर्ड रनरअप भइन् । उनले पनि ताजसहित नगद २० हजार प्राप्त गरिन् । सबै विजेतालाई पुरस्कार स्टेजमै हस्तान्तरण गरिएको थियो । प्रतियोगिताको निर्णायकमा हेरिटेज कार्पेटका अध्यक्ष डा. माधव मल्ल, सौन्दर्यविद् डा. नवल परियार, ड्याट्सनका जनरल मेनेजर ज्ञानेन्द्र चन्द, सञ्चारकर्मी बेञ्जु सरोज रहेका थिए ।

Advertisment