१३औँ सागको तयारीमा सरकार जुट्यो : मन्त्री विश्वकर्मा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १३औँ सागको तयारीमा सरकार जुटेको बताउनु भएको छ ।

काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्री विश्वकर्माले साग प्रतियोगितको मितिमा कुनै द्धिविधा नभएको स्पष्ट पार्नुभएको हो । उहाँले आगामी डिसेम्बर १ देखि १० तारिखसम्म हुने प्रतियोगिता भव्य रुपमा आयोजना र सफल रुपमा सम्पन्न गर्नेगरि सरकार तयारीमा जुटिरहेको विश्वस्थ पार्नुभयो ।

मन्त्री विश्वकर्माले सरकारको आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममा सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय महत्वको १३औँ साग प्रतियोगिता आयोजना गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधनले स्पष्ट पारेको बताउनुभयो । उहाँले आफ्नै अध्यक्षतामा प्रतियोगिता तयारी तथा व्यवस्थापन समिति गठन भएको जानकारी दिनुभयो ।

Advertisment