सातौं इण्डो नेपाल कराते प्रतियोगिता सुरु

काठमाडौं । सातौं इण्डो नेपाल कराते प्रतियोगिता सुरु भएको छ ।

नेपाल गोजुकाई कराते डो संघले आयोजना गरेको इण्डो कराते प्रतियोगीतामा २ सय २३ जना खेलाडी सहभागी छन् । प्रतियोगितामा भारतका ३३ र नेपालका १ सय ९० खेलाडीको सहभागिता रहेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले अब नेपालमा खेल खेलेरै जीवन निर्वाह गर्न सकिने वातावारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बनाउन लागिपरेको बताउनुभयो । बन्दै गरेको विधेयकले समेत खेलाडीलाई खेल खेलेरै जीउन सक्ने वातावरण बनाउने बताउनुभयो ।

नेपाल गोजुकाई कराते डो संघका अध्यक्ष अच्युतराज उप्रेतीले आफुहरु कसैको सहयोगबाट नभई आफ्नै बलबुताले विभिन्न प्रतियोगिता गरिरहेको बताउनुभयो । उहाँले फिलिपिन्समा हुने सातौं एशियन प्यासिफिक गोजुकाई कराते प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदबाट सहयोग भए खेलाडीहरुले देशलाई मेडल दिलाउन सक्ने बताउनुभयो ।

बालुवाटारमा दुई दिनसम्म संचालन हुने प्रतियोगितामा सहभागी खेलाडीहरुलाई मेडल प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ ।

Advertisment