सन्दीपले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता नखेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।

इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेट खेलेर स्वदेश फर्कने क्रममा त्रिभुवन बिमानस्थलमा उनले प्रधानमन्त्री कप नखेल्ने बताउनु भएको हो । सन्दीपले पीएम कप क्रिकेटको दौरान आफु आराम गर्ने बताउनु भयो । राष्ट्रिय खेलकुद परिषद राखेप र नेपालय इन्टरनेशनलको आयोजनामा पीएम कप जेठ १ देखि २४ गतेसम्म सञ्चालन हुँदैछ ।

यस्तै सन्दीपले टिममा परिपक्कता नहुँदा दिल्ली फाइनल पुग्न नसकेको उल्लेख गर्नुभयो । उनले आईपीएल क्रिकेट आफ्ना लागि सानदार रहेको प्रतिक्रिया दिनुभयो ।
आईपीएलको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्स चेन्नई सुपर किंङससंग ४ विकेटले पराजित भएको थियो ।

Advertisment