शुक्र राई सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन

काठमाडाैं । एम्याचोर खेलाडी शुक्र राईले सूर्य नेपाल गल्फ टूर अन्तर्गत वर्षको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनससिपको उपाधि जितेका छन् ।

गोकर्ण क्लब गल्फमा चार दिनसम्म संचालन भएको प्रतियोगितामा शुक्रले डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीलाई एक स्ट्रोकले पराजित गर्नुभयो । उनी एकै वर्ष दुई वटा मेजर गल्फ टुर्नामेन्ट जित्ने पहिलो एम्याचोर बन्नुभयो । उहाँले २०१८ डिसेम्वरमा सूर्य नेपाल इस्टर्नको अवार्ड समेत जितेका थिए । अन्तिम राउण्ड अघि शुक्रले भुवनमाथि एक स्ट्रोकको अग्रता कायम राख्दै ५ अन्डर ६७ स्कोर गरेका थिए । उनले टोटल ११ अन्डर २७७ स्कोर गरे ।

यस्तै वर्षभर भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका शुक्रसँगै सुबास तामाङ र टंक कार्कीले वर्षको उत्कृष्ट एम्याचोर खेलाडी घोषित भए । एम्याचोरतर्फ सुबास तामाङले ५ अन्डर २८३ स्कोर गर्दै दोस्रो स्थान हात पारे । यी तीन खेलाडीले आगामी डिसेम्वरमा नेपालमै हुने १३औँ सागमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

यस्तै प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत शुक्रवार प्रो एम इभेन्ट हुनेछ । जसमा २५ प्रो र ७५ एम्याचोर गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।

Advertisment