माघको चीसोमा चाल्र्स डार्बीन एकेडेमीका विद्यार्थी वाग्मती सफाइमा

काठमाडौँ २५ माघ । माघको चिसोमा बिहान सबेरै उनीहरु वाग्मती सफाइका लागी सहभागी भैसकेका थिए । फोहोर र दुर्गन्ध सफा गर्छौं भन्दै गोकर्णेश्वर नगरपालिका जोरपाटी स्थित चाल्र्स डार्बीन एकेडेमीका विद्यार्थीहरु परिवर्तनको शुरुआत् आफैंबाट गर्नुपर्छ भन्दै वाग्मती सफाई अभियानको ३१३ हप्ताको अभियानमा सहभागी भएका थिए ।

वाग्मती सुन्दरता सरोकार मन्चले गतहप्ताबाट स्थानीय बिद्यार्थीहरुको सहभागितामा वाग्मती सफाई अभियानलाई निरन्तरता दिएको हो । कार्यक्रममा नदी किनारमा विद्यार्थीलाई वाग्मती सफाईको महत्व र आवश्यकताका बारेमा जानकारी गराइन्छ । उनीहरुलाई सफाई संस्कृतिका बारेमा समुदायमा चेतना भर्न र सफाइ सम्बन्धमा अभिावकत्व ग्रहण गर्न आग्रह गरिन्छ । अभियानको प्रारम्भमा गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का अध्यक्ष रमेश अर्यालले नदी सफाइमा नगरपालिकाको तर्फबाट कुनै कसुर बाँकी नराख्ने जानकारी गराउनु भयो । अभियन्ता उत्तम पुडासैनीले विद्यार्थीहरुलाई सफाइ अभियानको आवश्यकताका बारेमा जानकारी गराउनु भयो । विद्यालयका प्रधानाध्यापक युवराज काफ्लेले अभियानमा विद्यालयका तर्फबाट निरन्तर सहभागिताको प्रतिवद्धता जनाउनुभयो । सफाई अभियानमा विद्यार्थी सहित १२० को सहभागिता थियो ।

Advertisment