लकडाउनमा सेफर्डको अनलाइन कक्षा

काठमाडौं
पत्रकारिता अध्ययन गराउँदै आएको काठमाडौं स्थित सेफर्ड कलेजले लकडाउनको समयमा अनलाइन मार्फत कक्षा संचालन गरेको छ ।
लकडाउन खुल्ने र शैक्षिक संस्था नियमित हुन अनिश्चित भएसँगै बिद्यार्थीलाई अनलाइन मार्फत छलफल गराउन थालिएको सहायक क्याम्पस प्रमुख कविता शर्माले जानकारी दिइन् । ‘लकडाउनको कारण कलेजको शैक्षिक क्यालेन्डरमा थलमाथी नआउने गरि अनलाइन क्लास शुरु गरेका छौं,’ सहायक क्याम्पस प्रमुख शर्माले भनिन्,‘सबै बिषयगत शिक्षकले तयारीका साथ प्रस्तुतीहरु दिइरहनु भएको छ ।’ उनले प्राय ः सबै बिद्यार्थीलाई अनलाइन कक्षामा जोडिन आग्रह गरेको र संभव भएसम्म सबै आएको भए पनि छुटेका केही बिद्यार्थीलाई कक्षा रेकर्ड समेत गरिएकोले पछि उपलब्ध गराउने बताइन् ।
शर्माले अहिलेलाई सबै तहका सबै सेमेस्टरको दैनिक एक एक कक्षा संचालन गरिएको र आवश्यकतामा आधारमा थप गर्दै जाने बताइन् । ‘क्लास प्रभावकारी रुपमै अगाडि बढिरहेको छ, यो प्रविधिको प्रयोगसँगै लकडाउनको समयमा थप सृजशिल बन्न सहयोग पुराउने प्रयास पनि हो,’उनले भनिन्,‘हामीले अहिले कक्षा संचालन गर्दै आएका छौं, कलेजको आफ्नै एप्स पनि भएकोले सोही मार्फत पनि सन्दर्भ सामाग्री बिद्यार्थी माझ पुराउने र विद्यार्थीको रेकर्ड अपडेट समेत गर्दै आएका छौं ।’
उनले कलेज बन्द रहेको भए पनि अनलाइन मार्फत नियमित काम गर्दै आएको र आवश्यकतामा आधारमा अनलाइनबाटै रेस्पोन्स गर्दै आएको बताइन् । सेफर्डले आफुलाई प्रविधिसँग जोडेर कसरी प्रभावकारी संचार गर्न सकिन्छ भन्ने कुरामा पहिले देखी नै अभ्यास गर्दै आएकोले अहिले यो असहज परिस्थितिमा त्यसले सहयोग पुराएको कार्यकारी निर्देशक तरुण प्रताप शाहले बताए । ‘बिद्यार्थीसँग भौतिक सम्पर्क टाढिँदा पक्कै पनि दुःखी त छौं तर कुनै न कुनै माध्यमबाट नियमित सम्पर्कमा रहने प्रयास गरेका छौं,’उनले भने,‘विद्यार्थीलाई ज्ञानआर्जन गर्न सहयोग पुराउन कुनै पनि कसुर बाँकी राखेका छैनौं र राख्ने छैनौं ।’
सेफर्डले चार वर्षे–आठ सेमेस्टर व्याच्लर इन मिडिया टेक्नोलोजी (बिएमटी) र दुई वर्र्षेे– (चार सेमेस्टर) मास्टर्स इन मिडिया टेक्नोलोजी (एमएमटी) संचालन गरिरहेको छ ।

Advertisment