ईन्टरनेशनल काता च्याम्पियनसिपको दोस्रो स्थानमा मानन्धर

नेपालका करोत खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर सद्गुरु मास्टर्स अनलाईन कराते काता च्याम्पियनसिप २०२० को दोस्रो स्थानमा पर्न सफल भएका छन् ।
उनले ३५ – ४५ बर्ष उमेर समूह ‘ए’ मा स्पेनका खेलाडीसग ०.२६को अन्तरले फाइलन खेलमा परारिज भएका थिए
केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाईन कराते काता च्याम्पियनसिपको फाइनलखेलमा स्पेनका खेलाडीले २४.६४ अंकका साथ विजय भएका थिए भने मानन्धर २४.३८ अकं ल्याएर फाइनल खेलबाट पराजित भएका थिए ।
बिश्व कराते महासंघ र एशियाली कराते महासंघको नियममा खेलाईएको अनलाईनल एक महिना देखि संचालन भईरहेको च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलङ्का, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतको सहभागिता रहेको थियो भने नेपालबाट सो च्याम्पियनसिपमा उक्त समुह बाट प्रतिस्पर्धा गर्ने मानन्धर एक्ला खेलाडी हुन।


मानन्धरले मेडल, प्रमाण पत्र र ट्रफी का साथै केहि रकम पाउने भएका छन ् ।
कोभिड १९ बाट बिश्व अक्रान्त भईरहेको अवस्थामा बिश्वका बिभिन्न अन्तराष्ट्रिय खेल संस्थाहरुले अनलाईन मार्फत खेलाडी तथा प्रशिक्षकहरुलाई क्रियासिल गर्दै आईरहेका छन् । त्यसै क्रममा बिश्व कराते महासंघ र एशियाली कराते महासंघको सम्वन्धनमा केरला कराते संघले उक्त च्याम्पियनसिप आयोजना गरेको थियो ।
मानन्धर ले चन्दागिरी ९ मा विगत दुइदशक भन्दा अगाडिबाट डोजो संचालन गरि विभिन्न राष्टिय तथा अन्तराष्टिय खेलाडिहरुको उत्पादन गरिसकेका मानन्धरले विभिन्न राष्टिय तथा अन्तराष्टिय प्रतियोगितामा समेत भाग लिइसकेका छन् ।

Advertisment