ईन्टरनेशनल काता च्याम्पियनसिपको महिला समूहमा निता आर्चाय विजयी

नेपालका करोत खेलाडी निता आर्चाय सद्गुरु मास्टर्स अनलाईन कराते काता च्याम्पियनसिप २०२० को महिला तर्पको खेलमा प्रथम भएकि छन् ।

केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाईन कराते काता च्याम्पियनसिपको फाइनलखेलमा भेनेजुला, फिलिपन्सि र भारतका खेलाडीहरुलाई पछाडि पादै उनि विजय भएकि हुन।
बिश्व कराते महासंघ र एशियाली कराते महासंघको नियममा खेलाईएको अनलाईनल एक महिना देखि संचालन भईरहेको च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलङ्का, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतको सहभागिता रहेको थियो भने उनि महिला समुहबाट प्रतिस्पर्धा गरेका थिइन ।


आर्चायले मेडल, प्रमाण पत्र र ट्रफी का साथै केहि रकम पाउने भएकि छन् ।
कोभिड १९ बाट बिश्व अक्रान्त भईरहेको अवस्थामा बिश्वका बिभिन्न अन्तराष्ट्रिय खेल संस्थाहरुले अनलाईन मार्फत खेलाडी तथा प्रशिक्षकहरुलाई क्रियासिल गर्दै आईरहेका छन् । त्यसै क्रममा बिश्व कराते महासंघ र एशियाली कराते महासंघको सम्वन्धनमा केरला कराते संघले उक्त च्याम्पियनसिप आयोजना गरेको थियो ।

Advertisment