छिमेकी र आफन्तको असल व्यवहारले कोरोना जित्ने कोशीसमा

मीरा रिजाल, असोज २५, २०७७ आइतबार ।

सावधानी अनपनाउँदा अपनाउँदै कोरोना महामारीको चपेटामा यसले मलाई पनि छोडेन । यही असोज १७ गते शनिवार साँझपख हल्का ज्वरो आयो मलाई । हल्का ज्वरो आउनासाथ सुरक्षित तवरले म घरमा बेग्लै बसे । श्रीमान, साँढे ३ वर्षीया छोरी आभ्या र दिदीको छोरी सहित हामी चार जना थियौ ।

श्रीमानले पनि हल्का घाँटी दुखेको र ज्वरो आउँला आउँला जस्तो भन्नु भएकोले सानेपा स्टार हस्पिटलमा गयौ चारै जना । त्यहीबेला श्रीमानको चिनजानको डाक्टरसँग कुरा हुँदा श्रीमान श्रीमतीको मात्र परीक्षण गरी सवाधानी साथ घर बस्यौ ।
आइतबार विहान म पुजा गरी सकेको मात्र थिए श्रीमानले अनलाइनमा हेरेर “मेरो रिपोर्ट नेगेटिभ आयो तिम्रो पनि नेगेटिभ आउछ” भन्दै खुशी हुनुभएको क्षणभरमै मेरो रिपोट पोजेटिभ देख्दा उहाको खुसी कता हरायो कता । अनी हामीले  तत्काल सल्लाह गरी यो कुरा सार्वजनिक गर्ने तय गरयौ, ताकि अरु यसबाट तत्काल सावधान हुन सकुन ।

साथै आफु बसेको चन्द्रागिरी नगरपालिका ९ को वडाअध्यलाई श्रीमानले फोन गरी जानकारी दिनुभयो । अनि अच्युत अधिकारी मार्फत चन्द्रागिरी  नगरपालिकामा ।
वडाबाट देवेन्द्र महर्जनले पनि जानकारी दिनु भएकोमा धन्यबाद दिनुभयो र सकेसम्म आफै भेट्न आउने आश्वसान समेत दिनुभयो ।
श्रीमानको रिपोर्ट नेगेटिभ आएपनि वहाँ छोरीहरुको परिक्षणको लागि स्वाव दिन र केही अत्यावश्यक बाहेक बाहिर  नजाने निश्चय गर्नुभएको छ ।
मेरो स्वास्थ्य सामान्य छ र सबै परिवारमा सजग छौ । यसका विरुद्ध हामी सबै साझा लडाई लडन जरुरी छ जहाँ तपाईहरुको हौसला, साथ र सहयोग मलाई आवश्यक छ । साथै यसलाई लुकाएर भन्दा पनि सजग भएर बच्ने र लाग्नै नदिने तर्फ हरदम, हरपल र हरसम्भव प्रयास गर्नु जरुरी छ भन्ने मेरो अहिलेसम्मको बुझाई छ ।

छोरीको लागि दूध, परिवारमा आवश्यक सामानका लागि छिमेकी, वरपरका शुभचिन्तक र आफन्तले देखाउनुभएको उदारमन र सहयोगप्रति हामी दिलैदेखि आभारी छौ । केही परे हामी सहयोग गर्छौ भन्ने तपाईहरुको वचनले मलाई बाँच्न र रोगसँग जित्न बल मिलेको छ । म्यासेज, फोन र कुनै पनि तवरबाट तपाईहरुले दिनुभएको माया मेरो मुटुमा रहेको छ ।

सानो कुरा तर छोरीको दुधको लागि पार्वती दिदि जो माथिल्लो टोलबाट हाम्रोमा सधै दुध ल्याउनुहुन्थ्यो फोन गर्दा सम्र्पक भएन । साझपख दुधको भाडो बोक्दै आएको हामीले देखपछि टाढैबाट हाम्रो घरमा कोरोना छ दुध के गर्नु हुन्छ भन्दा उहाँले मैले थाहापाईसके म जसरी पनि तपाईको बच्चालाई दुध खुलाउछु भन्दा हर्षले मलाई यति धेरै खुशीको अनुभूति भयो कि म अभिव्यक्त गर्न सक्दिन ।

विशेषतः छरछिमेकी, कुमारी बस्ती टोल सुधार समिति, इष्टमित्र र शुभचिन्तकहरुमा म हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।

बास्तवमा हामी कोरोना पोजेटिभ भएर छिमेकीले के भन्लान बसेर गुपचुप राखेका पनि हुन सक्छौ । तर सवै छिमेकी समाचारमा आएका जस्ता ताला लगाउन आउने खालका हुदैनन् भन्ने मेरो आफनै घटनाले पनि पुष्टि गरेको छ ।

त्यसैले आफु सुरक्षित रहौ, सावधानी अपनाउ, सकेसम्म कोरोना लाग्न नदिउ, लागि हाले पनि सुरक्षित भएर बसौ । अरुलाई सर्नबाट रोक्ने कोशिस गरौ ।

Advertisment