अरण्यज्योति फराकिलो रनले पराजित

पोखरा, २५ मंसिर । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्लबस्तरीय क्रिकेट प्रतियोगितामा माछापुच्छ«े क्रिकेट क्लबसँग अरण्यज्योति क्रिकेट क्लब पराजित भएको छ । माछापुच्छ«ेको जितसँगै समूह एमा दुई जित निकाल्दै फाईनलमा प्रवेश गरेको छ ।

माछापुच्छ«े क्रिकेटले पहिले व्याटिङ गर्दै २७६ रनको योगफल तयार पार्यो । विशाल लक्ष्य प्रस्तुत गर्ने क्रममा अभिषेक थापाले शतकीय पारी खेले । उनले अरण्यज्योतिसँग दोस्रो खेल खेल्ने क्रममा ११० रनको महत्वपूर्ण योगदान दिए । उनले १२ चौका १ छक्का हिर्काए । उनी पहिलो खेलमा ९४ रनमा नटआउट रहेका थिए ।

थापाले सातौं विकेटको लागि तेजेन्द्र घर्तीमगरसँग १४० रनको साझेदारी गरे । जुन क्लबस्तरीय क्रिकेटमा सबैभन्दा उत्कृष्ट साझेदारी समेत थियो । घर्तीमगर आठौं नम्बरमा व्याटिङ गर्ने क्रममा ६२ रनमा नटआउट रहे । उनले पनि ८ चौका हिर्काए । माछापुच्छ«ेका कप्तान दिपेश खत्री बिहीबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा केवल ४ रनमै आउट भएका थिए । मनोज कोईरालाले २७ रन बनाए । अमृत गुरुङले पनि २१ रनको योगदान दिए ।

२७७ रनको लक्ष्य पछ्याएको अरण्यज्योति क्रिकेट क्लब भने ७० रनमै अलआउट हुन पुग्यो । माछापुच्छ«े क्रिकेट क्लबका बलर कृष्ण पौडेलको कसिलो बलिङ सामु अरण्यज्योतिका व्याट्सम्यान टिक्नै सकेनन् । ७० रनमा अलआउट हुदैं खराब नजितसँगै इनिङ टुग्याउँदा केवल एक व्याट्सम्यानको मात्रै दोहोरो अंकको रन स्कोर कार्डमा चढ्यो । प्रविन नेपालीले ११ रन बनए । जुन अरण्यज्योतिका लागि सर्वाधिक स्कोर हुन पुग्यो ।

बलर पौडेलले ६–१–१९–३ को प्रदर्शन गरे । उनीसँगै कृष्ण बास्तोलाले तीन ओभरमा १८ रन खर्र्चिएर ३ विकेट लिए । अमृत गुरुङ र ऋकेश गुप्ताको नाममा २÷२ विकेट लेखियो । दोस्रो जितसँगै माछापुच्छ«े क्रिकेट क्लब समूह एबाट शीर्षस्थानबाट फाईनल प्रवेश गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्लबस्तरीय छनोट प्रतियोगिता अन्तर्गत शुक्रबार राईजिङ पोखर क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

Advertisment