नेपालको फिफा १७१ औ वरियतामा यथावत, बेल्जियम शीर्ष, फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, र इङ्ल्याण्ड चौथोमा

काठमाडौँ, २६ मङ्सिर । नेपालको फुटबल बरियता यथावतै छ । विश्व फुटबल महासङ्घ (फिफा) ले विहिबार सार्वजनिक गरेको वरियताअनुसार नेपाल १७१औँ स्थानमा यथावत रहेको छ ।

फुटबलको विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । फिफा बरियतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौँ, उरुग्वे आठौँ, मेक्सिको नवौँ तथा इटाली १०औँ स्थानमा रहेको छ ।

बङ्गलादेशबाहेक अन्य दक्षिण एसियाका सबै देशको बरियता यथावत छ ।

Advertisment