सन्दीप लामिछाने बिग बास खेल्न आज बिहान अस्ट्रेलिया प्रस्थान

काठमाडौं, ३० मंसिर । चर्चित नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिहीबारबाट सुरु भएको बिग बास खेल्न आज बिहान अस्ट्रेलिया प्रस्थान गर्नुभएको छ ।

लिगअन्तर्गत पहिलो ६ खेल गुमाउने सन्दीपले त्यसपछिका खेल भने खेल्ने जनाइएको छ ।

बिग बास लिगमा सन्दीपको टोली होबार्ट हुरिकेन्सले घरेलु मैदामा सिड्नी सिक्सर्ससँग जित निकालेको थियो ।

Advertisment