दमौलीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

तनहुँ, माघ ३० गते । तनहुँको व्यास नगरपालिकाका विद्यालयका विद्यार्थीहरुबीचको अन्तर माध्यामिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट दमौलीमा सुरु भएको छ । तनहुँको व्यास नगरपालिकाको आयोजना तथा व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यामिक विद्यालयको व्यवस्थापन प्रतियोगिता गरिएको हो ।


प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नु भयो । सो अवसरमा नगर प्रमुख न्यौपानेले खेललाई नगरपालिकाको अङ्गको रुपमा लिएको बताउँदै प्रत्येक वडामा खेलकुद मैदान बनाउने, सहिद दिवसमा व्यास अल्ट्रा म्याराथन प्रतियोगिता, अन्तराष्ट्रिय नारी दिवसमा खुला महिला दौड प्रतियोगिता सञ्चालन गरिएको स्मरण गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रतियोगिता मुल समारोह समितिका संयोजक तथा व्यास नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मी, व्यास नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष खरसिंह दरै, नेपाल शिक्षक महासङ्घका अध्यक्ष आरसी पोख्रेल, निर्मल माध्यामिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत, शिक्षक लोकराज सेढाई लगायतले यस्ता प्रतियोगिताले विद्यार्थीमा खेल प्रति रुची जगाउन मद्धत पु¥याउने विश्वास व्यक्त गर्नु भएको थियो ।


उद्घाटनको अवसरमा गरिएको १५०० मिटर दौड प्रतियोगितामा छात्र तर्पm चण्डीदेवी राष्ट्रिय माध्यामिक विद्यालय व्यास १० बैरेनीका अभिषेक बोटे प्रथम हुनु भयो । १० नम्बर वडाकै दुम्सीचौर स्थित भानु माध्यामिक विद्यालयका संजय घर्ति द्धितीय र वडा नम्बर १ स्थित जलदेवी माध्यामिक विद्यालयका अगनसिंह थापा तृतिय हुनुभयो । छात्रा तर्पm दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा अध्ययन गर्नेहरु प्रिर्था थापा प्रथम, बबिसरा राना द्धितीय र महेन्द्र माध्यामिक विद्यालयकी तारा थापा तृतिय हुनुभयो । निर्मल माध्यामिक विद्यालयको खेल मैदानमा सञ्चालन गरिएको प्रतियोगितामा ३८ विद्यालयका ६०० जना खेलाडीको सहभागिता रहेको निर्मल माध्यामिक विद्यालयक शिक्षक विरेन्द्र काफ्लेले जानकारी दिनुभयो । विद्यार्थीहरुले विभिन्न खेलका गरी खेलाडीले २४८ वटा मेडल प्राप्त गर्ने छन् ।

Advertisment