विभिन्न खोप उत्पादक मुलुकसँग थप खोप ल्याउन सरकारद्धारा पत्राचार

काठमाडौँ, १० जेठ \ सरकारले कोभिड–१९ को विरुद्धको खोपका लागि विभिन्न खोप उत्पादक मुलुकसँग पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्याका अनुसार अमेरिका, रुस, बेलायत, चीन र भारत लगायत खोप उत्पादक मुलुकसँग खोप ल्याउन औपचारिक पत्र पठाइएको छ । मन्त्रालयद्वारा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले ती मुलुकका स्वास्थ्यमन्त्रीलाई सम्वोधन गर्दै करिव ५० लाख खोप खरीद गर्न सरकार इच्छुक भएको जानकारी दिनुभयो । ती मुलुकमध्ये केहीले पत्रको जवाफ दिएका र केहीले दिन बाँकी रहेको उहाँको भनाई छ ।
“खोप उत्पादक देशसग व्यक्तिगत, राजनीतिक र कुटनीतिक पहल भइरहेको छ,” उहाँले भन्नुभयो, “यसैले खोप चाँडै आउँछ ।”उहाँले अन्तराष्ट्रिय बजारमा खोप नभएकोले आउन ढिलाई भइरहेको जानकारी दिनुभयो । मन्त्री त्रिपाठीले युरोपियन युनियसँंग मौज्दात रहेको खोप ल्याउनेबारे पनि छलफल भइरहेको समेत जानकारी दिनुभयो । अहिले भारत सरकारले १० लाख मात्रा कोभिशिल्ड, चीन सरकारले आठ लाख मात्रा भेरोसेल र कोभ्याक्स सुविधा मार्फत तीन लाख ४८ हजार कोभिशिल्ड अनुदानमा र १० लाख कोभिशिल्ड खोप खरीद गरेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म २६ लाख ६५ हजार ९८७ ले पहिलो मात्रा र पाँच लाख ५३ हजार ५८९ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । मन्त्री त्रिपाठीले अवको चार हप्तामा सङ्क्रमण घट्दै जाने बताउनु भएको छ । विगत केही दिनदेखि सङ्क्रमण घट्दै गएकाले आगामी चार हप्तामा घट्ने उहाँको भनाई रहेको छ ।
उहाँले सरकारले निषेधाज्ञा जारी गरेपनि जनस्वास्थ्यका मापदण्ड लागु नभएको बताउनुभयो । मन्त्री त्रिपाठीले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सरकारले भौतिक पूर्वाधार पनि उल्लेखनिय रुपमा जोडिएको जानकारी दिनुभयो । उहाँका अनुसार भेन्टिलेटर ५७७ थप गरिएको र १०४ वटा थप्ने क्रममा रहेको छ । यस्तै सघन उपचार कक्ष ९आइसियु० ४०० थप गरि तीन हजार पु¥याइएको र ६३० थप्ने योजना रहेको छ । हाइ डिपेन्डेन्सी युनिट ९एचडियु० दुई हजार २७५ सरकारी र नीजि अस्पतालमा ७७८ थपिएको तथा ४०० थप गर्ने योजना रहेको छ । मन्त्री त्रिपाठीले विज्ञले स्वास्थ्य सङ्कटकाल लगाउनेबारे दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको जानकारी दिनुभयो सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणक लागि देशभरका १५७ अस्पताललाई सूचीकृत गरि उपचार गरिरहेको छ । तिमध्ये ४५ वटा निजी अस्पतालबाट कोभिड–१९ संक्रमित बिरामीको निःशुल्क उपचार गरिरहेको छ । मन्त्री त्रिपाठीले गत वैशाखमा मात्रै कोभिड–१९ बिरामीको निःशुल्क उपचार गरेबापत ४५ करोड रुपैयाँ अस्पतालहरुलाई शोध भर्ना गरेको जानकारी दिनुभयो ।

Advertisment