थप तीन हजार १०६ जनामा संक्रमण, २३ को मृत्यु

काठमाडौँ, १६ साउनं । देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नौ हजार २६३ जनामा गरिएको पिसिआर परीक्षणमा दुइहजार २८० र चार हजार २५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी उक्त संख्यामा संक्रमण पुष्टि भएको जनाइएको छ । त्यस्तै सोही अवधिमा कोरोनाका कारण २३ जनाको मृत्यु भएको छ भने एक हजार ९१६ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

Advertisment