लोक र मेलिनाको  ‘बेरुवाको औंठी’ सार्वजनिक  

काठमाडौं–  ‘बेरुवाको औंठी’ बोलको प्रेमिल शैलीको  म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा युवतीबीचको प्रेम र आकर्षणलाई बिषयबस्तु बनाएर तयार पारिएको गीतमा शब्द, संगीत  दिपक शर्माको  रहेको छ।

गीतमा स्वर लोक पौडेल र गायिका मेलिना राईको रहेको छ।   नरेन्द्र वियोगीले गीतलाई संगीत संयोजन गरेका हुन्। गायन संगै अभिनय मार्फत दर्शक सोर्ताको मन जित्त्दै आएका गायक प्रकाश सपुत र चर्चित नायिका आँचल शर्माको वेजोड अभिनय भिडियोमा देख्न सकिन्छ।

अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा  पुजा दर्नाल र उज्ज्वल गज्मेलको कोरियोग्राफी रहेको छ।  बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काको निर्देशनमा तयार पारिएको हो।  मिरा मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

Advertisment